२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन गर्दैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने प्रष्टाएका छन्।

मेलमिलाप दिवसका अवसरमा सूचना,सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल संवादमा देउवाले अदालतमा विचाराधीन मुद्धामा नबोल्ने बताए।

संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक भएको बताउँदै देउवाले अदालतलाई प्रभावित पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने बताए। अदालतलाई प्रभाव पार्ने गरि धम्क्याउन नमिल्ने उनको तर्क थियो।

भर्चुअल संवादमा देउवाले संसद पुनस्र्थापनाको कुरै उठाउन चाहेनन्। अदालतको क्षेत्राधिकारभित्रको कुरा भन्दै उनले संसद पुनर्बहालीको मुद्धा उठाउन चाहेनन्।

संसद भंग गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भएको देउवाले बताए। ओलीको असंवैधानिक र अलोकतान्त्रिक कामको कांग्रेसले विरोध गरिआएको देउवाको भनाइ छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।