२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

गुल्मीमा दुर्घटनाका घाइते लाई आर्थिक सहयोग

 गुल्मी- गुल्मीमा भएको अटो दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक संकलन गरिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

रेसुङ्गा नगरपालिका–१३ दुबीचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर–२ का १६ वर्षीय सुनिल विक गम्भीर घाइते भएका थिए । उनको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास उपचार भइरहेको छ ।

घाइते विकको घरको आर्थिक अवस्था कम्जोर भएको र उपचारमा धेरै रकम लाग्ने भएपछि बुधबार जिल्लाका कर्मचारी, स्वास्थ्यकर्मी देखि पत्रकारसम्मले आर्थिक सहयोग रकम संकलन गरेर हस्तातरण गरेका हुन् ।

गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लाका बिभिन्न संघ संस्थाहरुबाट १ लाख १२ हजार १४० रुपैयाँ सहयोग संकलन गरी घाइते सुनिलको आमालाई उक्त रकम हस्तातरण गरिएको हो ।

रकम हस्तातरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।