२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

सरकारले काठ दाउरा खोल्नुपर्ने माग गर्दै वन मन्त्रालयमा धर्ना

धनगढी, १४ पुस । सरकारले काठ दाउरा विक्री वितरण खोल्नुपर्ने माग गर्दै वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालले वन मन्त्रालयमा धर्ना दिएका छन । उनीहरुले आज उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयमा धनगढीमा धर्ना दिएका हुन । 

सरकारले सामुदायिक वनमा घाटगद्यीमा रहेका काठको हैसियत बिग्रीदा पनि सरकारले कुनै ठोस योजना ल्याउन नसकेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन । 

सरकारले २०७७ जेठ १५ गते देशभर काठदाउरा बिक्री बितरणमा रोक लगाएको थियो । सरकारले कुनै योजना बिनै हचुवाको भरमा काठ बिक्री बितरण रोक लगाउदा देशभरकै अर्थतन्त्र धरासायी अबस्थामा पुगेको अन्दोलनमा सहभागि भारताल साझेदारी वनका संयोजक यावद भण्डारीले जानकारी दिए ।

‘नेपालमा सामुदायिक वनका घाटगद्यीमा काठ थन्किएर कुहीने अबस्थामा पुगि सके तर, सरकारले ति काठ व्यबस्थापन गर्न कुनै योजना ल्याएको छैन’ बाह्रबन साझेदारीको अध्यक्ष ठक्कर शाहीले भने–‘यो सरकारले निर्णय नसच्याय सम्म हाम्रो हाम्रो आन्दोलन जारी हुन्छ ।’ 

सरकारले बिदेशी काठ भित्राउने चलखेलले पनि नेपालमा बिक्री बितरण रोक लगाएको वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल धनगढीका अध्यक्ष गणेश रावलले बताए । 

उनीहरुको आन्दोलन कार्यक्रम अन्र्तगत पुस ७ गते मुख्यमन्त्री कार्यालय मार्फत प्रधानमन्त्री सहित विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाइ सुरु गरेको बताईएको छ । 

उनिहरुले १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । उक्त आन्दोलनबाट पनि सरकारले सुनुवाई नगरे १६ गतेदेखि राजमार्ग अनिश्चितकालिन चक्का जाम गरिने उनीहरुले बताएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।