धनगढीका एक व्यापारीको कन्चटमा पेस्तोल ताकेर अपरिचित ब्याक्तिले नगद ५२ हजार र रिचार्ज कार्ड लुटेर फरार भएका छन् ।



धनगढीको बोराडाडीमा रहेका यादव प्रसाद भट्टको न्यु विशाल भण्डार किराना पसलमा पेस्तोल र खुकुरी देखाएर सोमबार साँझ करिब पौने ८ बजे तिर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।
प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले हल्लाखल्ला गरे मार्ने धम्की सहित करिब ५२ हजार नगदसहित बेच्न राखिएको रिचार्ज कार्ड लुटेर भोगेको सञ्चालक भट्टले बताएका छन् ।
लुटेराले पसल अगाडी मोटर साइकल रोकेर सुरुमा रिचार्ज कार्ड मागेका थिए । रिचार्ज कार्डको रकम माग्न खोज्दा कन्चटमा पेस्तोल ताकेर गल्लामा भएको ५२ हजार बढी रकम लगेको सञ्चालक भट्टले बताए ।
लगत्तै प्रहरी घटनास्थल पुगे पनि अहिले सम्म लुटेरा लाई पक्राउ गर्न सकेको छैन । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिष्टले बताए ।

























