२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

लुम्बिनीलाई हराउँदै एपीएफ समूह विजेता

प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेट अन्तर्गत विभागीय टोली एपीएफ समूह एको विजेता बनेको छ । सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६१ रनको अन्तरले हराएको हो ।  दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा एपीएफले दिएको १२३ रनको मध्यम लक्ष्य लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ६१ रन बनाउन सक्यो । 

लुम्बिनीका लागि लक्ष्मि चौधरीले ११ रन बनाउन सफल भइन् । त्यस्तै सरस्वतीघर्ती मगरले ७ रन बनाउन सफल भइन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको थियो । एपीएफका लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रनको योगदान गरिन् । अर्धशतक बनाउनबाट एक रनले चुकेकी उनले ५४ बल खेल्दै १ चौकाको सहयोगमा ४९ रन बनाउन सफल भएकी हुन् । 

एपीएफका लागि इन्दु ब्रमाले २८ रन बनाउन सकिन् । त्यस्तै राजमती एरीले ११ रन बनाउनदा सरिता मगरले १० रन बनाईन् ।  बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कप्तान नेरी थापाले दुई विकेट लिन सफल भइन् । त्यस्तै सरस्वती पुन र कृतिका मरासिनीले समान एक–एक विकेट हात पारिन् । 

आजको खेलमा जित निकाल्दै एपीएफ समूह ए को विजेता बनेको छ । एपीएफले समूह चरणका तीन खेल खेल्दै तीनै खेलमा जित निकाल्न सफल भउको हो । यता समूह चरणको तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित निकाल्न सफल भएको हो । त्यस्तै लम्बिनीले एक खेलमा पराजय भोग्नु परेको हो । 

अब एपीएफले समूह बीको उप–विजेतासँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले समूह बीको विजेतासँग खेल्ने छ ।प्रतियोगिता अन्तर्गत भोली ९मंगलबार० दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा वागमती प्रदेशले प्रदेश १ सँग खेल्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।