२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

गृह मन्त्रालय: प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन

काठमाण्डौ, ७ पुष । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ।

सरकारको समर्थन र विरोधमा हुने प्रदर्शन र शान्तिसुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान निर्देशन दिएको हो ।

बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउन प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा अंगका प्रमुखसँग आइतबारै छलफल गरि प्रजिअ र सुरक्षा प्रमुखहरुलाई हाइ अलर्टमा रहन निर्देशन दिएका थिए ।

ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग छलफल गरेपछि प्रजिअ र सुरक्षा अंगका प्रमुखहरुलाई जिल्ला छाडेर अन्यत्र नजान निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि देशको राजनीतिक माहोल तातेको छ ।

संसद विघटनपछि देशका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भइरहेका छन् । प्रधानमन्त्रीको उक्त कदमले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटको संघारमा पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।