२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

धनगढी बसपार्क काउन्टर विवाद : सहमतिको प्रयास पछि यातायात सेवा सुचारु

धनगढी बसपार्कमा शिवपुरी यातायात प्रा.लिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि अनिश्चितकालिन ठप्प पारिएको यातायात सेवा केही घण्टामै पुनः सुचारु भएको छ । बसपार्कमा शिवपुरी यातायात प्रा.लिले काउन्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रा.लिले यातायात सेवा ठप्प पारेको घोषणा गरेका थिए।

तर, धनगढी उपमहानगरपालिकाले सहमतिको प्रयास थालेपछि यातायात सुचारु गरिएको सुदूर पश्चिम यातायात प्रा.लिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए । हाम्रो कुरा सम्बोधन नगरेकाले यातायात बन्द गर्ने घोषणा गरेका थियौँ सहमतिको प्रयास पछि खुलेको छ अध्यक्ष सापकोटाले बताए ।

नयाँ यातायात प्रा.लिलाई काउन्टर राख्न दिने नगरपालिकाको निर्णयको बिरोधमा पुराना ६ वटा यातायात प्रा.लिले विरोध जनाएका थिए । शिवपुरी यातायात प्रा.लिको बिरोधमा उत्रिदा बिहान केही बेर धनगढी बसपार्क तनावग्रस्त भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।