२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

उखु किसानलाई भेट्न माइतीघर पुगे मन्त्री भट्ट

काठमाडौं, ३ पुस । आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर पुगेका छन् ।

मन्त्री भट्टले त्यहाँ उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका  छन्  ।

श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र सकेसम्म शनिबार देखिनै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गर्ने मन्त्री भट्टले बताए ।

मन्त्री भट्टले अरु चिनी उद्योगहरुलाई पनि रकम तिर्न ताकेता गर्ने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए ।

तर उखु किसानहरुले आइतबारसम्म भुक्तानीको अवस्था हेरेर आन्दोलन अघि बढाउने वा नबढाउने निर्णय गर्ने जवाफ दिएका छन् ।

उखु किसान सं‌घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आन्दोलनको समीक्षा बैठक बस्ने र आइतबारसम्मको अवस्था हेरेर आन्दोलन रोक्ने वा नरोक्ने निर्णय हुने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।