२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

शीर्ष स्थानमा रहेको सोसिडाडविरुद्ध बार्साको उत्कृष्ट पुनरागमन

काठमाडौं, २ पुस । बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना २–१ गोलले विजयी बन्यो ।

जीतसँगै बार्सिलोना आठौँ स्थानबाट पाँचौमा उक्लिएको छ भने सोसिडाडलाई गोलअन्तरको आधारमा उछिन्दै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा पुगेको छ ।

विलियन जोसेले सोसिडाडलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, लगत्तै जोर्डी आल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा फ्रांकी योङले बार्सिलोनालाई अग्रता दिलाए ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । एन्टोनी ग्रिजमानको एउटा प्रहार पोष्टमा लाग्यो भने अर्कोपटक खाली पोष्टमा गोल गर्नबाट चुकेका थिए ।

एथ्लेटिको म्याड्रिड, रियल सोसिडाड र रियल म्याड्रिको शीर्ष स्थानमा समान २६ अंक रहेको छ भने बार्सिलोना मात्र ६ अंकले पछि रहेको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।