२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

 पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण

 पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ। बुधबार थप २९१ महिला र ४४५ पुरुष गरी ७३६ जनामा संक्रमण देखिएको छ। 

५ हजार ५५५ स्वाबको पीसीआर परीक्षण गराउँदा ७३६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै बुधबार ८४७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.४ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार मात्र कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। 

यस्तै अहिले ४५२ जना क्वारेन्टिन र ९ हजार ७५७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २८९ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।