२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

बिरोध र्याली सहित शिक्षक महासंघ मदानेले गर्यो गाउँपालिका घेराउ

अनिल खत्री /गुल्मी- शिक्षक महासंघ मदाने गाउँपालिकाले मदाने गाउँपालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाएको छ । संघिय शिक्षा एेन तथा नियमावलीमा रहेका शिक्षकहरुका हक तथा अधिकार मदाने गाउँपालिकाले कुन्ठित गरेक‍ो भन्दै शिक्षक महासंघ मदानेले ज्ञापन पत्र बुझाएको हो ।
शिक्षक छनोटमा शिक्षा एेन तथा नियमावली विपरित गरेको भन्दै आफुहरुले विरोध गरेको शिक्षक महासंघ मदानेका अध्यक्ष खिम बहादुर कुवरले जानकारी दिए ।

जसको विरोधमा बुधबार आन्दोलन र्याली समेत निकालिएको थियोे । बिहिवार मदानेका सबै विद्यालयहरु बन्द गरि सम्पुर्ण विद्यालयका करिब २०० भन्दा बढी शिक्षकहरुको उपस्थितमा विरोध र्याली सहित ज्ञापन पत्र बुझाएको हो ।

शिक्षक छनौटमा विषयगत प्रश्न शिक्षकलाई गराउने र बस्तुगत प्रश्न गाउपालिकाका प्रशासनका कर्मचारीहरुले गराउने गरिएको छ जुन कुनै नियमावलीमा नरहेको कुवरले बताए । जसको कारण नै शिक्षकहरु यो कुरामा असक्षम छन भन्ने हुँदा यस कुरामा बिरोध गरिएको अध्यक्ष कुवरले भने।
कुरा केही दिन अगाडि मदाने गाउँ पालिका वडा नम्बर ०२ को बाझकटेरी मा .वि.मा शिक्षकको आवश्यकता थियो जहाँ पालिकाले शिक्षा एेन दफा १७ को ९६ अनुरुप नभई आफ्नै नीति नियम बनाएर परिक्षा गराउन लागिएको बताईएको छ ।

जसले गर्दा शिक्षक माथी सोझै हस्तक्षेप गरिएको हो। सोही क्रममा म र महासंघको तर्फ बाट सचिब र अन्य केही ब्यक्ति सोही ठाउँमा पुग्यौं र परिक्षा किन गरियो भन्ने बारे प्रस्न राख्यौँ कुवरले भन्नू भयो सोही क्रममा मदाने गाउँपालिकाका केही ब्यक्ति हरुले उल्टै उहाहरु माथी गाली गलोज समेत गरेको कुवरले बताए । झगडाकै क्रममा भर्खर सुरु भएको लिखित परिक्षा रद्द समेत भएको हो ।

यता प्रमुख प्रसासकिय अधिकृत भन्नू हुन्छ प्रश्न पत्र समेत च्यात्ने कोसिस गरियो र केही समयको लागि स्थगित गरिएको छ । कुवर भन्नू हुन्छ हामी नैतिक तथा नितिगत तरिकाले अगाडि बढ्ने हो हामिले प्रश्न पत्रमा हात समेत लगाएनौ उल्टै पालिकाले प्रहरी समेत बोलाएर तर्साउने प्रयास गर्यो ।

नीति नियम अनुरुम चल्नु पर्छ शिक्षक कुनै कुरामा कमजोर पनि छैनन्। यो विषय र यो र्याली सानो हो पालिकाले शिक्षकलाई हुने सेबा सुबिधा बाट बन्चित तथा आफू खुशी गरे र शिक्षाले लागू गरेको पाठ्यक्रम अनुसार नगए झन ठूलो बिरोध हुने चेताबनी समेत दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।