डडेलधरा – डडेलधरा अस्पताल कोभिड १९ प्रयोगशाला मा गरिएको परीक्षणमा ५० जनाको रीपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ६६६ जनाको परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी ईश्वर प्रसाद भुषालले जानकारी दिए ।



कोरोना पोजेटिभ देखिएका डडेलधुरा अमरगढी नगरपलिकाका २ ,अछामको बान्निगढी जयगढी गाउँपालिका का १७ जना,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छब्बीस पाथीभराका ६ जना ,दुर्गाथलिका २जना र कैलालीको बर्दगोरिया गाउँपालिका का ४, घोडाघोडी नगरपालिका का ७ र जानकी गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी ईश्वर प्रसाद जोशी ले जानकारी दिएका छन् ।
Views: 182


















