२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

पहाडि जिल्ला डडेल्धुरामा खेल मैदान अभाव, खेलाडी निरास

दिपकराज भट्ट / डडेल्धुरा –
सुदुर पश्चिमकाे डडेल्धुरा जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका रहेकाे छ । स्थानिय सरकार अाएकाे तीन बर्ष पूरा हुदा समेत अहिले सम्म कुनै पनि स्थानिय तहले अहिले सम्म खेलाडिहरुका लागि गतिलाे खेल मैदान बनाउनु सकेकाे छैन । डडेल्धुरा बाट विभिन्न खेलका बिधाहरुमा खेलाडिहरु राष्ट्रिय खेलमा भने सहभागी हुँदै अाएका छन् । अहिले सम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान नहुदा खेलाडी लाई निकै समस्या हुने गरेको छ । मैदान अभावमा खेलकुद गतिबिति शुन्य प्रायाः हुन्छन । कोभिड–१९ का कारण झनै खेलकुद गतिबिधि ठप्प नै भए ।
करिब नौ महिना पछि जिल्ला सदरमुकामको टुडिखेलमा मंगलबार एक्कासि क्रिकेट खेलाडी देखा परे । काठ्माण्डौँमा हुने प्रधानमन्त्रि कप क्रिकेटको सुदूरपश्चिममा हुने प्रदेश स्तरिय प्रतियोगिताका लागी छनोट गरिन लागे पछि क्रिकेट खेलाडी देखिएका थिए ।

क्रिकेट मैदान नभए पनि छनोटका लागी ३५ खेलाडी टुडिखेल पुगेका थिए । अरु भन्दा भनि क्रिकेट खेल महङ्गो हुन्छ । क्रिकेटका लागी उपयुक्त मैदान सुदूरपश्चिमका पहाडी कुनै पनि जिल्लामा छैन । यसले खेलकुद प्रतियोगिता हुन नसक्दा खेलाडीहरु उत्पादन हुन नसकेको नेपाल क्रिकेट संघ सुदूरपश्चिम सेलेक्सर बाशु जोशीले बताए ।

डडेल्धुरा बाट मात्रै अहिले सम्म ३० जना पुरुष खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेली सकेका छन । पाँच जना खेलाडीले अन्तराष्ट्रिय स्तरका प्रतियोगिता खेली सकेका छन । मैदान अभावमा खेलकुद प्रतियोगिता नहुदा खेलाडी उत्पादन हुन नसकेको उनले बताए । मैदान भए प्रत्येक बर्ष ४–५ जना खेलाडी राष्ट्रिय र अन्तराष्ट्रि प्रतियोगितामा खेल्न पाउने थिए होलान । उनले भने, मैदान छैन । के गर्ने, समस्या छ ।

खेल मैदान बनाउन नसकेका बेला एकेडेमिक खोलेर खेलाडीलाई प्रशिक्षण गर्न सकिने सुदूरपश्चिम प्रदेश क्रिकेट टिम क्याप्टेन सन्तोष भट्टले बताए । पहाडमा तराई जस्तो हुदैन, उनले भने, यहाँ खेल मैदान बनाउन नसके पनि एकेडेमिक बनाई नँया खेलाडी लाई प्रशिक्षण गर्न सकिन्छ । यसका लागी संघिय, प्रदेश र स्थानिय सरकार संग छलफल गर्न आवश्यक छ ।

डडेल्धुरामा खेल मैदान नहुदा नहुदै पनि उनि १२ बर्ष यता लगातार डडेल्धुरा बाट क्रिकेट प्रतियोगिता खेल्दै आएका छन ।
उनि १५ बर्ष देखि सुदूरपश्चिम बाट राष्ट्रिय क्रिकेट टिममा सिनियरतर्फ प्रतियोगिता खेल्दै आएका छन । भागेश्वर गाउपालिका–४ सतिगाउका भट्ट अहिले भने कञ्चनपुर बस्दै आएका छन ।

उनले नेपालका लागी १६ बर्षमुनि क्रिकेट प्रतियोगिता पनि खेलि सकेका छन । एक दर्जन राष्ट्रिय प्रतियोगतामा सहभागिता जनाई सकेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।