२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

देशभर यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । हाल दक्षिणपूर्वी अरेबीयन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ ।

हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ।

प्रदेश नं १ को पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली रहनेछ।

प्रदेश नं १ को पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।