२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको २०५४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको २ हजार ५४ जना पुगेको छ । आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २ सय ३४ जनाको परीक्षण गर्दा थप ४८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका २÷२ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका २/२ जनामा समेत कोराना पुष्टि भएको छ ।

त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी बताए । बझाङमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २६ जनाको परिक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला ईन्चार्ज नरेश खड्काले जानकारी दिए ।

अछामको कमल बजार अस्पतालको प्रयोगशालामा थप २६ जना, बैतडी अस्पतालको प्रयोगशालामा ६ जना र डोटीको प्रयोगशालामा २ जनामा पनि संक्रमण पुष्टी भएको सामाजीक बिकास मन्त्रालयले जनाएको छ ।

यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय २८ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ३३ डिस्चार्ज भएका छन भने हाल सम्म ४२ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।