२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बैतडीमा बलात्कारको आरोपमा एक किशोर पक्राउ

बैतडी- बैतडीमा बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका ६ सित्तडका १७ बर्षीय किशोर रहेका छन् ।
पक्राउ परेका किशोरले स्थानीय १६ बर्षीया किशोरी बलात्कार गरेको आरोप रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । ती किशोरले मंसिर १६ गते आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, “ उमेर नपुगेकोले पक्राउ परेका किशोरको नाम सार्वजनिक नगरेका हौं, दुबैको उमेर २० बर्ष नपुगेकोले नाम गोप्य राखिएको हो” उनीहरु दुबैजनाको जन्मदर्ता मगाएर थप अनुसन्धानको काम भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
बलात्कृत किशोरीका आफन्तले उजुरी दिएपछि ती किशोरमाथि जबरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ मुद्धा दर्ता भएका ती किशोरीलाई जिल्ला अदालत बैतडीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिसकेका छौं, प्रारम्भिक अनुसन्धानबाट ती दुबैजना प्रेमसम्बन्ध रहेको र आफन्तले थाहा पाएपछि उजुरी गरेको खुल्न आएको छ”
पक्राउ परेका किशोर प्रहरी हिरासतमा रहेका छन् भने किशोरी आफन्तसंगै रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसअघि गत हप्ता पनि किशोरी बलात्कार र गाउँमै मिलापत्र गराएको भन्दै जिल्ला सिगास गाउँपालिकाका ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सिगास गाउँपालिका ३ कि किशोरी बलात्कारको आरोप लागेका गर्ने सोही ठाउँका दीपकसिंह धामी भने फरार रहेका छन् भने मिलापत्र गराउने वडाअध्यक्षसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
एक तोला सुन दिन्छु भन्दै गाउँमा मिलापत्र गराउनमा संलग्न सिगास गाउँपालिका ३ का वडाअध्यक्ष शेरसिंह साउँद , स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी ,गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ । पक्राउ परेका उनीहरुले बलात्कारको उक्त घटना गत असारमा गाउँमै मिलापत्र गराएको थियो ।
ती किशोरी गत जेठमा बलात्कारमा परेकी भएपनि करिब ७ महिनापछि घटना बाहिर आएको हो । सुन दिन्छु भनी सुन नदिएपछि घटना सार्वजनिक भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।