लालझाडी- साझा युवा संगठनले आज लालझाडी गाउँ पालिकामा भएको एक कार्यक्रमका बिच राम धीरज रानाको संयोजकत्वमा लालझाडी गाउँ पालिमा १७ सदस्यीय गाउँ समिति घोषणा गरेको छ। शनिवार घोषणा गरिएको गाउँ समिति सदस्यहरुमा जानकी राना, चक्र रावत, गोपी राना, दिनेश पन्त, लिला बडायक, सुरेन्द्र सिंह बडायक, कृष्ण राना, प्रकाश सार्की, नैन सिंह राना, राम असारे राना, श्रावण राना, मोहन सिंह धामी, तीर्थ सिंह बडायक र दयालु राना, राम विलास राना, मनोज चौधरी रहेका छन्।



साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।
उर्जा, ईमान र क्षमता भएका युवाहरू समेटेर बनाइएको समितिले वैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको छ।

























