असिम पौडेल/ कास्की- पोखरामा थप ३ जनाको मृत्यु भएको छ। फरक फरक अस्पतालमा उपचाररत ३ संक्रमितको मूत्यु भएको स्वास्थ्य निदेशनालय गण्डकीले जानकारी दिएको छ।



कार्तिक २८ गते संक्रमित भएका पोखरा-१७ का पुरुषको आज बिहान उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मूत्यु भएको हो भने पोखरा ११ की महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भइ हिजो राती फिस्टेल अस्पतालमा मृत्यु भएको हो ।
त्यतै पोखरा-१२ का पुरुषको आज दिउँसो फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो उनमा मंसिर १६ गते संक्रमण पुष्टि भएको थियोे। योसँगै गण्डकीमा मूत्यु हुनेको कुल संख्या १६६ पुगेको छ।
Views: 168

























