असिम पौडेल/कास्की- जागौं नेपाल अभियानको पहिलो कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता केन्द्रीय संयोजक दीपक आचार्यले गर्नु भएको थियो।



कार्यक्रमको सुरुवातमा केन्द्रीय सह संयोजक शिवदाईले स्वागत तथा अभियानको बारेमा आफ्नो केही कुरा राख्नु भएको थियो, आजको कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य सचिव ज्ञानु आचार्यले गर्नु भएको हो। आजको कार्यक्रममा कास्की जिल्ला समिति गठन पनि भएको छ।

संयोजकमा नारायण हरी तिवारी , सह संयोजकमा स्मूती बराल र सचिवमा यम .प्र.आचार्य सहितको समिति बनेको छ। कार्यक्रमको अन्त्यमा केन्द्रीय संयोजक दीपक आचार्यले मंसिर २४ ( अन्तर्राष्ट्रिय भष्ट्राचार दिवस)को दिन कार्यक्रम हुने र त्यस कार्यक्रम भब्य र सभ्यताको साथ मनाउने जानकारी दिदैं कार्यक्रम सम्पन्न गर्नु भएको थियो। आजको कार्यक्रममा ४९ जनाको सहभागिता रहेको थियो।



Views: 117

























