मसुरिया, ९ भदौ । कैलालीको गौरीगंगा नगरपालिका ७ महुलियामा घाइते अबस्थामा फेला परेको भाले चित्तलको मृत्यु भएको छ ।



शिकारीको गोली लागेर घाइते भएको चित्तललाई कुकुरले लखेटिरहेको समयमा स्थानीय बासिन्दा र सुनपाल सामुदायिक वनका वन हेरालु जसुवा धामीले उद्वारको प्रयास गरेका थिए ।
बिहान ६ बजे महुलिया गाउँमा कुकुरले लखेटिरहेको अबस्थामा देखेपछि स्थानीयको सहयोगमा समातेर उद्दार र उपचारका लागि सव डिभिजन वन कार्यालय मसुरियामा खबर गरेका थिए ।
तर समयमै उद्दार तथा उपचार नहुदा चित्तलको मृत्यु भएको स्थानीय दिल बहादुर बोहराले बताए ।बोहराले मृत चित्तलको उमेर करीव ३ वर्ष रहेको बताए ।
जंगलमा दिनहु शिकारीहरुले चित्तल लगायतका जंगली जनावरको शिकार गर्ने क्रम तिब्र भएको स्थानीयले बताएका छन् ।
दिनहु जंगलमा बन्दुक पडकेको आवाज आउछ, बोहराले भने, वन कार्याालयले गस्ती तथा निगरानी नबढाए जंगली जनावरको शिकार गर्ने क्रम अझै तिब्र हुनेछ ।


















