२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

हतियार देखाएर लुटपाट गर्ने कञ्चनपुरका ४ जना कारागार चलान

कञ्चनपुरमा हतियार देखाएर लुटपाट गर्ने ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

गत कार्तिक १९ गते जिल्लाको बेदकोट नगरपालिकामा पेस्तोल देखाएर लुटपाट गर्ने बेदकोट नगरपालिका– १ का २८ वर्षीय केदार बिष्ट, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपक भट्ट, सोही ठाउँका २२ वर्षीय पारसमणी जोशी र पोलखरीका पुष्करसिह बोहोरा कारागार चलान भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जानकारी दिए।  

बेदकोट नगरपालिका–५ पोलखरीका पुष्कर सिंह बोहरा नातिको जन्मदिनमा गएर पेस्तोल देखाएर नगद ३ लाख ९५ हजार लुटेर फरार भएका चारैजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

उनीहरुका साथबाट प्रहरीले २ राउण्ड गोली लोड गरेको पेस्तोल, १ थान म्याग्जिन, मोबाइल २ थान र २ वटा मोटसाइकल बरामद गरेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।