२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ : अत्तरियामा चक्काजाम

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ गरेको बिरोधमा अत्तरियामा चक्काजाम गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर–४ ले नेता पौडेललाई प्रहरीले प्रक्राउ गरेको बिरोधमा अत्तरियामा आधा घण्टा चक्काजाम गरेको हो ।

नेविसंघका नेता तथा कांग्रेसका नेता कार्यकता सहभागि रहको चक्काजाम पछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले सरकारले नेता पौडेललाई पक्राउ गरेकोमा चर्को बिरोध जनाएका थिए ।

गोदावरी नगर सचिव तेज खड्काले सरकारको गलत रबैयाका कारण कांग्रेस फेरी सडकमा आउनु परेको बताए । देशमा लोकतन्त्र, गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति पुल उद्घाटन गर्दै गर्दा पक्राउ पर्नु निन्दनिय भएको बताए ।

‘हिजोका दिनमा राजाले अति ग-यो, राणाहरुले अति गरे, पञ्चायतले अति ग-यो कांग्रेसले ति सबैलाई फाले, हिजो माओवादीले जङ्गल पसेर अती ग-यो उसलाई पनि घरमा ल्यायौं, कांग्रेस यस्तो शक्ती हो जसले आफ्नो तेतृत्वमा देशमा धेरै परिवर्तन ल्याएको छ’ उनले भने ‘अहिलेको सरकारले पनि यस्तै रबैया देखायो भने अब देशभरका कांग्रेस सडकमा आउने छन ।’

नेविसंघ कैलाली क्षेत्र नम्बर–४ का क्षेत्रिय सभापती गणेश शाहले नेपाली कांग्रेस राज्यको आतंकका विरुद्ध सडकमा उत्रिएको बताए । उनले नेकपा सरकारको अलोकतान्त्रिक चरित्रले गणतन्त्र नै खतरामा परेकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका पुर्व स्ववियु सभापती योगेश भट्टले सरकार साम्यवाद तर्फ उन्मुख भएको बताए । उनले नेता पौडेल पक्राउ पर्नु कांग्रेस माथीको मात्रै नभएर नेपाली जनता माथीको हमला भएको बताए ।

‘सरकारको यो तानाशाही प्रवृतिको जवाफ जनता आगामी चुनावमा दिन तयार छन’ उनले भने ‘लोकतन्त्र अहिले खतरामा परेकोले अत्तरियाबाटै आन्दोलनको सुरु गर्नुपर्ने बेला आएको छ ।’

नेविसंघका नेता पदम ओझाले नेपाली कांग्रेसले ल्याएको लोकतन्त्र बचाउने जिम्मेबारी पनि कांग्रेसकै भएको बताए । उनले पुरै पार्टी एक जुट भएर सरकारका गलत कार्यको विरोध गर्नुपर्ने बताए ।

नेविसंघ कैलाली क्षेत्र नम्बर–४ का क्षेत्रिय सभापती शाहको सभापतित्वमा भएको कोण सभाको संञ्चालन नेविसंघका नेता डण्डी राज जोशीले गरेका थिए ।

बुधबार निषेधाज्ञा तोडेको आरोपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घन्टा हिरासतमा राखेर छाडेको थियो । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा कांग्रेसका वरिष्ठ नेता पौडेल सहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । सोहि घटनाको बिरोधमा नेविसंघ कैलाली क्षेत्र नम्बर–४ ले अत्तरियामा चक्कजाम गरेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।