धनगढी । धनगढीमा बिहिबार गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ९१ नमुनाहरुमध्ये थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका १८ सहित सुदूरपश्चिमका थप २३ जनामा कोरोना देखिएको हो । उनले कैलालीको गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जना, घोडाघोडी नगरपालिकाका एकजना, गौरीगंगा नगरपालिकाका एकजना, कैलारी गाउँपालिकाका एकजना र बर्दगोरिया गाउँपालिकाका एकजना जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दार्चुलाका एकजना र बैतडीका एक जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Views: 128

























