धनगढी, १८ मंसिर । सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुलेको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलेको जानकारी गरेको हो ।



विभागले एक विज्ञप्ति निकाल्दै चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।
Views: 189

























