२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

कालिगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे गर्न शुरु

 

गुल्मी/कालिगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्ड कालोपत्रे गर्न शुरु गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका १ को रिडीमा सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्नुभएको छ । उहाँले शिलान्यास गरेसँगै सडक कालोपत्रेको काम शुरु भएको हो ।

कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला विशेषको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताउनुभयो । उहाँले भारत र चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठूलो प्रभाव पार्ने बताउनुभयो ।

 

कालीगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ २२ को लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न हुनेछ । सम्झौता अनुसार सडक ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर हुनेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।