कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय तथा ४, ५ र ६ नम्बर वडा कार्यालय एक हप्तासम्मका लागि बन्द गरिएको छ ।



बेलौरी नगरपालिकाकी नगर उपप्रमुख चित्र कुमारी चौधरीलाई बुधबार कोभिड १९ संक्रमण देखिएपछि यही मंसिर १८ गते देखि २४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले बताए ।
उनका अनुसार, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकोले थप संक्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र बेलौरी बजार क्षेत्रमा रहेका ४, ५ र ६ नम्बर वडा कार्यालय २४ गतेसम्मका लागि बन्द गरिएको हो । यी बाहेक अन्य वडा कार्यालय भने खुला रहने बेलौरी नगरपालिकाले जनाएको छ ।
Views: 151

























