२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

अमरगढी बहु प्राविधिक शिक्षालयले चालु शैक्षिक शत्रबाटै पठन पाठन सुरु गर्ने

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिकाले चालु शैक्षिक शत्रबाट नै स्वास्थ्य शिक्षा डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरु पठन पाठन गराउने गरि तयारी अगाडी बढाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदबाट अमरगढी नगरपालिका डडेल्धुराले स्वास्थ्य शिक्षा डिप्लोमा तहका ७ वटा कार्यक्रमहरु संचालन गर्न पाउने अनुमति पाएको थियो ।

चालु शैक्षिक शत्रमै केही कार्यक्रमहरु संचालनका लागि विद्यार्थी भर्नाको तयारीका साथ काम संचालन भै रहेको अमरगढी नगरपालिकाका नगर प्रमुख एवं अमरगढी बहु प्राविधिक शिक्षालय संचालन कार्यदलका संयोजक विश्वेश्वर प्रसाद ओझाले बताएका छन् ।

अमरगढी नगर कार्यपालिकाको बैठकबाट अमरगढी नगरप्रमुख ओझाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरि कार्यदलले तिव्रताका साथ काम अगाडी बढाएको छ ।

मंगलबार बसेको कार्यदलले डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा सहितको संयुक्त बैठक आयोजना गरी अमरगढी बुह प्राविधिक शिक्षालयको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

अमरगढी बहु प्राविधिक शिक्षालयलाई आवश्यक पर्ने कर्मचारीहरु तत्काल अमरगढी नगरपालिकाका कर्मचारी प्रयोग गरि काम अगाडी बढाउने र चालु शैक्षिक शत्रबाटै पठनपाठन सुरु गराउनका लागि जिल्लास्थित सवै सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय समेत गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।