२०८३ आश्विन २९ बिहीबार
२०८३ आश्विन २९ बिहीबार

कविता: म आफै जस्तो छैन

म पहिले जस्तो छैन।
देख्यौ?
अहिल्यै म, आफै जस्ताे छैन।

चर्काे घामका आँखाहरु,
ऐना सरि टल्कन्छन्,
तिरमिराउँन्,
लाग्छ केही बिराएछु,
हात बाँध्छु,
फेरि आफ्नै मुहार सम्झन्छु।
र सोच्छु,
हाँसाे पातलिएको छ
र सस्ताे छैन,
बुझ्यौ?

म पहिले जस्ताे छैन।
देख्याै?
भर्खरै म,
आफै जस्ताे छैन।

हिड्दा अफ्टेराे लाग्छ,
लाग्छ कसैले हरेक पाइलाकाे,
लम्बाई नाप्दैछ।
हेर त,
लेख्दैछु तर हात काप्दैछ।
कलम
कलम जस्तो छैन।

आफ्नै भावनालाई
बाेक्रा खुर्केर,
चानाचाना काट्नु पर्ने,
तर
प्रेसरकुकरमा सिट्ठी लाउँछु।
निफन्दै ननिफनि,
घुनै घुनले भरिएका
मनलाई ओखलमा कुट्छु।
नदिको किनारमा
अफ्नै मन पारि तर्छ,
अफु भने वारि नै छुट्छु।
किन होला,
शरीर र मन
एक हुनै मान्दैनन्
यस्तै छ आजकाल।

सुख्खा सम्झनाहरु
पाइलाका डाेबहरु
आफै संग लडिरहेछन्
म आफै
आफुसंगकाे शान्तिवार्ता,
आँफैले भंग गर्दै,
मन बुझाउदौ,
अझ दिग्भ्रमि, दंग
र लाग्छ
समय – समय छैन
मन – मन छैन
याद – याद छैन
बुझेउ?

म पहिले जस्तो छैन।
देख्यौ? अहिल्यै म,
आफै जस्ताे छैन।                                          इन्दु धामी, कञ्चनपुर 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।