कञ्चनपुर- कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।



जिल्लाको कृष्णपुर नगर पालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको हो ।
राती करिब साढे १० बजेतिर छत बाट खसेर गम्भीर घाइते भएका ५० वर्षीय गणेश राज ओझाको राती सवा ११ बजे माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 149

























