२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सरकार पुर्ण रुपमा असफल : पूर्वमन्त्री बलायर

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री वीरबहादुर बलायरले देशमा मध्यावधि निर्वाचन आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्बमन्त्री बलायरले यस्तो बताएका हुन् ।

झण्डै दुईतिहाई बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार पूर्ण असफल भएको उनले बताए । उनले भने, ‘सरकार हरेक दृष्टिकोणबाट असफल भईसक्यो । यो हामीले मात्रै होईन्, सत्ताधारी पार्टीकै नेताहरु बताईरहेका छन् ।’

जनताले दिएको जनमतमाथि चरम खेलवाड गरिएको नेता बलायरले बताए । ‘जनताले राजनीतिक अस्थिरताबाट आजित भएर स्थिर सरकारका लागि नेकपालाई दुईतिहाई दिएका हुन् । जुन म्याण्डेटअनुसार हामी(कांग्रेस) पूर्ण समय प्रतिपक्षमा छौ,’ उनले भने, ‘त्यो जनमतमाथि नेकपाले खेलवाड गरेको छ । ऐतिहासिक राजनीतिक वेईमानी र अपराध गरेको छ ।’

यस्तो परिस्थितीमा कांग्रेसलाई सत्ता सञ्चालनको निम्तो आउनुसमेत दुखद रहेको उनले बताए । ‘दुईतिहाईको निर्लज्जताले हामीलाई सत्तामा आउन निम्तो ग¥यो । योभन्दा जनमतकोे उपहास अर्को के हुन्छ ?’, उनले भने । देशको यस्तो विषम परिस्थितीमा कांग्रेस चुप लागेर भने नबस्ने नेता बलायरले बताए । ‘लोकतन्त्रलाई बचाउन, समृद्ध गर्न नेपाली कांग्रेस सदैब तत्पर छ ।

देशको परिस्थितीले मागेको भूमिका निर्वाह गर्न तयार हुन्छ,’ उनले भने । नेकपाको आन्तरिक कलह, विकसित हुदै गएको परिस्थिती, सरकारको गैह्रजिम्मेवारी र संसदको अवस्था सबै दृष्टिकोणबाट मध्यावधि निर्वाचनको आवश्यकता देखिदै गएको पनि उनले बताए । ‘कम्युनिष्टहरु देश चलाउन सक्दैनन भन्ने देखिईसक्यो । देशको अवस्थाले कांग्रेसको नेतृत्व माग्दैछ ।

तर संसदको स्वरुपले अवस्था जटिल छ,’ उनले भने,‘यस्तो अवस्थामा देशले फ्रेस जनादेश लिदा नै उपयूक्त हुन्छ ।’ यद्यपी नेकपाको जोडाई र फुटाईसंग कांग्रेसको कुनै भूमिका नरहेको उनले प्रष्ट्याए । उनले भने,‘कम्यूनिष्ट पार्टी मिलेर पुरै पाँचवर्ष सत्ता चलाओस् ।

देश र जनताको पक्षमा काम गरोस् । अनि त्यसपछिको आवधिक निर्वाचनमा आफ्ना कामहरु देखाउदै हामीसंग प्रतिस्पर्धा गरोस भन्ने हाम्रो चाहना हो ।

यसले लोकतन्त्र बलियो हुन्छ ।’ पत्रकार सम्मेलनको अध्यक्षता नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले गर्नु भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।