कञ्चनपुर– गायक तथा निर्देशक अराज केशबको ‘कुरिराछु म’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ।



अराजकै शब्द, संगीत र निर्देशनमा रहेको उक्त गीतमा गायक जित चन्दले स्वर दिएका छन। भिडियोमा भुपि उपाध्या र पुजा बिष्टले अभिनय गरेका छन्। शाहस शाक्यको एरेन्जमेन्ट रहेको उक्त गीतमा दिनेश बोहोराको कोरियोग्राफि रहेको छ।
भिडियोमा ‘डी स्टार क्र’ गुरुपको डान्स रहेको छ। अराज केशब फिल्म रेकर्डि स्टुडियोबाट रेकर्ड भएको हो। भिडियो महेन्द्रनगरको विभिन्न स्थानमा छायांकन गरिएको निर्देशकले जानकारी दिए।
Views: 146

























