२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

सत्यस्वरुपको रोमान्टिक गीत ‘मैसाव’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको छ । ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ बोलको गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक भएको हो ।

अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुले प्रयोग गरेको पाइन्छ । सत्यस्वरुपले नै संयुक्त रुपमा संगीत भरेका छन् ।

संगीत संयोजन उदयराज पौडेलको छ । कैलाश राईद्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोले पनि दरवारिया शैलीको झल्को दिन्छ । भिडियोमा नायक पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाइको भूमिकामा नृत्य गरेका छन् । राजकुमारीको भूमिकामा छुकिला शेर्पा छिन् ।

भिडियोमा होटल याक एण्ड यतीलाई दरवारको रुपमा प्रयोग गरिएको छ । भिडियोमा सत्यस्वरुपलाई पनि कवाली गाउँदै गरेको देखिन्छ । सत्यस्वरुपले करिब तीनवर्ष पछि आफ्नो एल्बम स्रोता तथा दर्शकमाझ ल्याएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।