२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

बैतडीमा युवती बलात्कार गर्नेसहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी, २ जना पक्राउ

धनगढी, १२ मंसिर । बैतडीमा युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलापत्र गराउँने ४ जना विरुद्ध जाहेरी दर्ता गराएकी हुन्।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउँने विरुद्ध जाहेरी दिएको बताए।

जाहेरी दिएलगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना फरार रहेकाले खोजी भइरहेको बताए।

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए।

तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।