२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

३/४ महिनामा कोरोना खोप आउँदैछ , त्यतिन्जेल बचौं

कोरोना महामारीले सबै क्षेत्र सिथिल पारिरहेको अवस्थामा खोपको विकास कहिले होला र त्यो बजारमा कहिलेसम्म आइपुग्ला ? त्यस्तो खोप सर्वसुलभ रुपमा सबैले पाउलान कि नपाउलान् भन्ने आम जिज्ञासा उत्पन्न भएको छ ।

बेलायत, अमेरिका, भारत जस्ता केही देशले आउँदो जनवरी वा त्यसको एकाध महिनाभित्र कोरोना खोप प्रयोगमा ल्याइसक्ने भनेर घोषणा गरेका छन् । अर्थात विश्वका धनी र प्रभावशाली मुलुकहरुले कोरोनाको खोप सुरुमा आफ्नै देशमा प्रयोग गर्दैछन् ।

यस्तो बेला गरिब मुलुकहरुले खोप समयमा पाउलान् कि नपाउलान् ? भन्ने चासो हुनु स्वभाविक नै हो ।

नेपालमा पनि सरकारले कोरोना खोपले स्वीकृति पाउनासाथ भित्र्याउने गरी तयारी गरिरहेका जनाएको छ । बेलायत, भारत, चीन, जर्मनी, रुस, अस्ष्ट्रेलिलगायत मुलुकले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् ।

विश्वमा १ सय ४० भन्दा बढी खोपहरु परीक्षणमा छन् । जसमध्ये १० वटा जति खोप तेस्रो चरणको परीक्षणमा छन् । तेस्रो चरणको परीक्षण धेरै मानिसहरुमा गरिन्छ ।

ती सबै मानिसहरुमा कुनै साइड इफेक्ट देखिएन र कोरोनाविरुद्ध इम्युन रेस्पोन्स प्राप्त भएमा त्यस्ता खोपले स्वीकृति पाउन सक्छन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।