“डडेल्धुराकाे नवदुर्गा गाउँपालिका ३ मा क्रियाशील सदस्यता वितरणमा लफडा भएको हो”।



डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराको गुटगत विवाद केही दिन शान्त रहेको भएपनि बुधवार पुनः लफडा भएको छ ।
नेपाली कांग्रेस डडेल्धुराले नवदुर्गा गाउँपालिका ३ मा क्रियाशील सदस्यता वितरणमा लफडा भएको हो ।
नवदुर्गा गाउापालिका वडा नम्वर ३ मा पार्टीको क्रियाशील सदस्यता वार्ड समिति सभापति लाई वाँड्न नदिई हात बाट खोसेर नेपाली कांग्रेस डडेल्धुराका उप सभापती करुणाकर भटट्ले वितरण गरेको आरोप लागाइएको थियो ।
वार्ड सभापति शेरवहादुर लुहारले एक विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस डडेल्धुराका उप सभापति भटट्ले हातवाट जवरजस्ती क्रियाशील सदस्यता खोसेर विधि विधान विरित आफ्ना नजिकका मानिसलाई दिएको आरोप लगाएको केही घण्टा नवित्दै सोही वडाका वडा समितिका उप सभापती र सचिवले उप सभापति भटट् माथी लगाइएको आरोपमा सत्यता नभएको भन्दै विज्ञप्ती निकालेका छन् ।
नेपाली कांग्रेस नवदुर्गा गाउँपालिका वडा नम्वर ३ वार्ड समितिकै लेटर प्याड र छाप प्रयोग गर्दै वार्ड समितिका उप सभापति विरवहादुर साउद र सचिव दिलवहादुर वोहराले एक विज्ञप्ती निकाल्दै पटक पटक वार्ड समितिको वैठक वोलाउन वार्ड सभापति लाई आग्रह गर्दा पनि नवसाएको समेत आरोप लगाएका छन् ।
वार्ड समिति सभापतिले कृयासिल सदसयता वितरणमा ढिलाई गरेको समेत वार्ड उप सभापति साउद र सचिव वोहरा द्धारा हस्ताक्षरीत विज्ञप्तीमा आरोप लगाइएको छ ।
यसरी एउटै समितिका दुईवटा छुट्छुट्टै विज्ञप्ती वार्ड समितिको लेटर प्याड र छापको प्रयोग गरेर विज्ञप्ती निकालिएको छ । लिपुलेक खबर बाट


























