२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

डडेलधुरामा भीरबाट लडेर १३ दिनको बालकसहित एक महिलाको मृत्यु

डडेलधुराको  नवदुर्गा गाउँपालिका-२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ।

सोमबार मृत्यु भएको उक्त महिला सोही गाउँपालिका-२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुल भएको जनाइएको छ।

उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको छ। सापला भन्ने गाउँमा श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा भीरबाट करिब ३०० मिटर तल खसेर उनीहरूको मृत्यु भएको हो।

शेरबहादुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।