२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

लाटा भनि सिवाई लालो, डरालो धम्कालो जन डराया

डडेल्धुरा । आज भन्दा ९१ बर्ष अगाडी वि.स. १९८७ मंसिर ७ गते हालको भागेश्वर गाउपालिका–५ डुङरी दिव्यावती निवासी तत्कालिन स्व. पिता देविदत्त चटौत र स्व. माता तुलसी देवि चटौतको प्रथम पत्ररत्नको रुपमा यी व्यक्तित्वको जन्म भएको रहेछ । आज यिनै अमर सहिद, समाजबादका ब्याख्याता, वरिष्ठतम साहित्यकार एनडी प्रकाश चटौतको ९१औँ जन्मजयन्ती ।

होडा चक्र अनुसार उनको नाम यज्ञराज रहेता पनि लोक प्रशिद्धि नाम नारायणदत्त एन.डि. प्रकाश हो । जन्म, मृत्यु–धन, धर्म र आयु सय प्रतिशत मानिसहरुको नियन्त्रणमा रहेको देखिदैन ।

यि बिषयहरुमा प्रकृतिको आफ्नै न्योयोचित पद्धति छ । जुन मानिसहरुले चाहे जस्तो बनाउन सकिराखेका छैन्न । सन्दर्भ २०१४ साल चैत्र ११ गते नेपालमा भएको दोस्रो बिमान दुर्घटनामा परि यि व्यक्तित्वको निधन हुन गयो । यो दुःखद र अकल्पनिय दुर्घटनाले उनको आयुलाई २७ बर्ष निर्धारण हुन गई अल्पायुको सुचिमा दर्जा भयो । र केबल २७ बर्षको अल्पायुमा नै उनको जीवन यात्रा रोकिन गयो ।

यो सन्दर्भ किन उल्लेख गरि राखेको छु भन्दा । यो आलेखमा जे जति शब्दहरु कोरिएका छन । ति सबै हाल आएर मैले उनका बारेमा सुनेको श्रृती, ज्ञान मैले उनको बारेमा अध्ययन गर्न पाएका पुस्तक एवं सन्दर्भ सामाग्रीमा आधारित नितान्त व्यक्तिगत धारणा मात्रै हुन । नकि म उहाको समकालिन, प्रत्यक्ष अनुभुती तथा सामियता बाट प्रेरित एवं एक बृहत अनुसन्धान कर्ताको हैसियतले उल्लेख गरिएको हुदै होईन भन्ने धारणा निर्माणका लागी यो आलेख अध्ययन गर्नु हुने सम्पुर्ण पाठक ज्युहरुमा निवेदन गर्न चाहान्छु ।

केवल २७ बर्षे अल्प जीवनमा यी महान व्यत्तिले शिशु अवस्था, बाल्य अवस्था, यौवन अवस्था, युवा अवस्था कति अबधीको कस्तो प्रकारको तय भयो होला र ति अवस्थाका गुण तथा बिशेषताहरुले किन ति महान जननायकलाई अरु भन्दा भिन्न भयो होला । यो गहन प्रश्नको उत्तर खोजी गर्ने जिम्मा उनका बारेमा अब उपरान्त जिज्ञासा राख्नु हुने सबै सबै जिज्ञासु पाठक ज्युहरुका लागी छोड्न चाहे ।

बिज्ञानद्धारा प्रमाणित गरी यी सबै अवस्थामा बिशिष्ट गुण तथा आनीबानीका कारणले अधिकांस मानिसहरु रनभुल्लमा रहन्छन । समाज, राष्ट्रको बारेमा त के कुरा । आफै र आफ्नो परिवारको बारेमा समेत चासो जिज्ञासा राख्न नसक्ने तथा आईपरेका स–साना समस्या र झमेलाहरुलाई समेत समाधान गर्न तर्फ डो¥याउन नसकि राखेको नियतीको शिकार थोरै धेरै मात्र हामी सबै भएका छौ ।

यहा बिज्ञानलाई अधुरो सावित गर्न खोजिएको त होईन । बिशेष अवस्थाहरुमा शरीरमा बिशेष किसिमका भिन्न भिन्न हर्माेनहरुको उपस्थिती विशिष्ट परिमाणमा रहने र सोही अनुसारका गुण तथा आनिबानिहरु मानिसले देखाउने गर्दछन । यो प्रक्रिया सबै मानिसमा समान किसिमको नभई फरक फरक रहने गर्दछ । हर्माेनहरुको सन्तुलित तालमेल नहुदा मानव ज्ञानेन्द्रियहरु नियन्त्रित र सन्तुलित रहन सक्दैन्न । परिणाम स्वरुप देखिनु नपर्ने किसिमका अमानविय गुण तथा बानि व्यहोराहरु पनि मानिसहरुमा बेला बेला देखा पर्दछन ।

अतः यी सबैको तालमेल मिल्ने गरी देखिने असल गुणहरुको संगालोलाई प्रतिभा नामले बुझ्दा उपयुक्त हुन्छ । जुन प्राय जन्म जात रुपमा प्राप्त हुने गर्दछ । जुन समग्र देश, जनता सहित विश्व परिवार कै हितमा रहने, अरुको दुःख पिडा र कष्टलाई समभावले हेर्ने सबैका लागी सहयोगिताको भुमिकामा रहने निडर तथा अय आत्मविश्वासले भरिपुर्ण हरने, अन्धविश्वास तथा रुढीबादी परम्परालाई निस्तेज पार्दै जाने जीवन पर्यन्त राम्राका लागी अभिछिन्न रुपमा संघर्षरत हरने प्रतिभावान नेपाल धर्ती पुत्रको नाम हो एन.डि. प्रकाश ।

यी व्यक्तित्वको २७ बर्षे जीवनिलाई सुक्ष्म रुपमाले आत्मसात गर्न अति सहज नहुन सक्छ । किन की समय धेरै अगाडी बिति सक्यो । अधिक वितृत वर्ग राज्य, राष्ट्र र सरकारले उनी प्रती समभाव राखेको प्रतित हुदैन । उहामा बिद्यमान बिविध प्रतिभाहरु मध्ये साहित्यिक प्रतिभा पनि उच्च स्तरमा रहेको थाहा हुन्छ । उनका ति सबै रचनाहरुको उचित संकलन र छापा एवं प्रकासनमा आएको देखिदैन ।

यि महान मानवले जगतलाई जुन किसिमको अतुलिनिय गुण लगाएका थिए असम्भव भनि ठानिएका कार्यहरु गर्न भ्याएका थिए । उनको यो अति छोटो उमेरमा नै के सिद्ध हुन्छ भने एक सय २७ बर्ष बाँचेर गर्न नसकिने कार्यहरु केवल २७ बर्षे जीवन अबधीमा नै संभव हुदा रहेछन भन्ने प्रेरणा प्राप्त हुन्छ । यस्तो प्रेरणा बाट प्रेरित भई उनले अपनाएको मार्गलाई हामि सबैले अवलम्बन गर्न सकेको खण्डमा सबैको जीवन सार्थक बन्ने पक्का पक्कि छ ।

उनले तत्कालिन शासन व्यवस्था प्रणालीको घोर विरोध भर्सना र निन्दा गरेका छन । करिब ९८ प्रतिशत भन्दा अधिक गरिब, निमुखा, विपन्न, अशिक्षित जनताहरु माथि दुई प्रतिशत भन्दा पनि कम मानवरुपी व्यक्तिद्धारा सञ्चालित दमनात्मक शासन व्यवस्था नायवी, राजा उनका भाईभारदार सहित बडा हाकिम नायक व्यक्तिद्धारा मानवहरुको न्युनतम मर्म समेत नबुझी दिने गरेका दुःख पिडा, कष्ट तथा उत्पिडनहरुको वकालत साहित्यिक रचना मार्फत जनताहरुलाई सचेत गराउनका साथै जीवन रहुन्जेल सम्म संघर्ष रहेको कुरा उनको जीवन पद्धती बाट थाहा हुन्छ ।

हुनत जगत गुरु शंकराचार्यको ३२ बर्षको उमेरमा स्वर्गारोहण भयो । करिव आधा संसार जितेका सिकन्दरले ४० बर्षको छेउछाउमा संसार छोडे । सायद उहाहरुको भन्दा पनि यि महामानवको प्रतिभा उच्च भएकाले नै उनको अझ आयु छोट्टिएको अनुमान गर्न सकिन्छ ।

प्रकृतिको यो विशिष्ट पद्धतीलाई बदल्न, रोक्न तथा पछाडी सार्न सकिने शुत्र पत्ता लागेको मेरो जानकारीमा छैन । यस कारण पद्धती सर्व स्वीकार्य हो । स्वीकार्नु बाहेक अर्काे बिकल्प नहुने निष्कर्समा म पनि पुगेको छु ।

यी महानायकका बिषयमा जती सुकै शाब्दको खोजी गरी आलेख तयार पार्न खोजे पनि यो दुई तिन घण्टाको छोटो समयाबधी तथा आफ्नै किसिमको व्यवहारिक व्यस्तताले पक्कै पनि उनको समग्रताका बारेमा प्रष्ट्याउन सम्भव देखिदैन । यस्तो किन भन्दा उनले आफ्नो जीवनकालमा प्रत्येक मिनेट मिनेटमा नँया नँया सोच र कार्य सम्पादन गरेका छन भन्ने मेरो बुझाई बनेको छ ।
केही समय अगाडी मैले विश्वसनिय सञ्चार माध्यम बाट सुनेको थिए । हाल संसारका नं. एक धनाड्य व्यक्तित्व विलगेट्सले यदि एक हजार दरका नोटहरु फटाफट टिप्न पाए पनि उहाको त्यो सेकेन्डमा हुने आम्दानी नै बढी हुन जान्छ । सोही अर्थमा यि प्रतिभावान व्यक्तिका बारेमा जति नै उल्लेख गर्न खोजे पनि कम नै हुन जानेछ ।

तथापी जिज्ञासु पाठक वर्गका लागी थोरै भए पनि सेन्सटाईज हुनेमा मेरो विश्वास कायम छ । यसर्थमा सबै सचेत वर्ग, बिद्यार्थी, शिक्षक, बुद्धिजिवी, सञ्चारकर्मी तथा राजनैतिक क्षेत्रमा आवद्ध व्यक्तित्वहरुले त अनिवार्य रुपमा एक पटक उनको जीवनको बारेमा अध्ययन गरि आफ्नो पेशागत आदर्श तथा मर्मलाई शिखरमा स्थापित गर्न मद्दत पुग्ने छ । भनि आग्रह पनि गर्न चाहान्छु ।
तत्कालिन राजनैतिक तथा सामाजिक परिवेशले कुनै पनि हरहालतमा ग्रहण गर्नु पर्ने बाध्यकारी सामाजिक व्यवस्थाका बावजुत उच्च शिक्षा अध्ययनका क्रममा भारतको पिथौरागढमा उनको भान्सा व्यवस्थापनका लागी उनि संगै पठाईएका ब्राहमण बटुनन्दराम पन्तलाई फिर्ता पठाई सर्ट पाईन्ट लगायत जुत्ता समेत नखोली मनमर्जीले होटेलमा खाना खान सुरु गर्नु ।

उल्लेखित दृष्टान्त उनले आफ्नो जीवन अवधीमा गरेका सयौ कार्यहरुको केवल प्रतिनिधी कार्य मात्र हुन । जुन दृष्टान्तले तत्कालिन समाजमा बिद्धमान असमानता, रुढीवादी, अन्ध विश्वास, शिक्षा, पोषण, स्वास्थ्यको जर्जर अवस्थाको थोरै भए पनि प्रतिविम्वका रुपमा छन । यि यस्ता समस्याको चिरफार सहित समानता, वैज्ञानिक सत्यताको स्थानमा पोषण सुधार तथा स्वास्थ्य उपचारको यथोचित प्रबन्धका लागी सदैव सचेत र जागरुक रहेको सहज अनुभुती हुन जान्छ ।

सालिना सुद्दै डाण, जन्दिया जन्दिया ।
लौ लौ खै खै अरलो, मरलो रन्दिया ।।
लाटा भनि सिवाई लालो, डरालो धम्कालो ।
जन डराया म धेकाया, खाई दिया मै खालो ।।

तम खणन्छौ, तम गोडन्छौ, नेल्लन्छौ, काटन्छौ ।
चुटि, कुटि, पिसिवर खान क्याकि छाडन्छौ ।।
क्याई शोषिन्या, क्याई पोशिन्या उन जमना गया ।
प्रजातन्त्र आयो अब, सब बराबर भया ।।

सबै जांत गया ईजा, मलै जांत जानौ ।
खानाई क्यै आथिन मत, भोक्यै लगै जानौ ।।
सबै लिन्ना केला मोल, म चाटुलो खोट्टा ।
छोट्टि खिलाई गिण्णा लिखु, लिन्ना जव छोट्टा ।
थुक्याका बटोली खाँउलो, गांठा फोडी फोडी ।।

उल्लेखित रचनाका प्रतिनिधी टुक्काहरुले उनि को हुन ? को थिए ? के चाहान्थे ? कस्तो महान सोच रहेछ ? साथै समग्र मानव जाती प्रती उनको धारणा सहित सबै मानवजाती लाई कस्तो सन्देश पुगोस भन्ने चाहान्थे भन्ने जस्ता बिषयहरु घाम झै छर्लङ्ग छन ।

यि सबै बारे थप प्रष्ट्याउन उनका ति रचनाहरु भन्दा मार्मिक एवं राम्रो रचना गर्न सक्नेका लागी संम्भव होला पनि । तर मैले मेरो सन्दर्भमा छोटो समय, सिमित अनुभव र अध्ययनका कारण अनावश्यक अनाहकमा जोसिएको जस्तो मात्र हो भन्ने निष्कर्सका साथ पुनः एक पटक यी महान व्यक्ति प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनि भौतीक रुपमा अलविदा भए पनि आज सम्म पनि भावनात्मक रुपमा हामी संग संगै छन । र आफ्ना उत्कृष्ट कर्मले ध्रुबतारा झै अमर रही रहने छन ।
(स्व. एन.डि. प्रकास चटौत ९१औँ जन्मजयन्ति)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।