२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

बझाङको बुङगल नगरपालिका २ रैसिल्लीमा ३ लाख नगद सहित सुन चोरी

सुरेश धामी /बझाङ : शनिवार राती घरमा कोहि नभएको मौका छोपि बुङ्गल नगरपालिका वडा नं २ रैसिल्लीको एक घरमा चोरी भएको छ । स्थानिय जयमल जाग्रीको घरबाट ३ लाख नगद सहित गरगहना चोरी भएको हो । शनिवार राती गाँउमा विहे थियो । घरका सबै जना विहेमा गएको मौकामा नगद र गरगहना गरी ३ लाख ५० हजार बराबरको चोरी भएको जयमल जाग्रीले बताए । उनले भने शनिवार साँझ ७ बजे तिर हामी सबै जना ढोकामा ताल्चा लगाएर भाईको विहेमा गएका थियौँ । घरमा कोहि नभएको मोकामा चोरले घरको ताल्चा फोडेर माथिल्लो तालामा रहेको बाकस सहित उठाएर लगेछ । बाकस सहित उठाएर लगेका चोरले बाकस २ सय ५० मिटर परको जंगलमा छोडेको थियो ।

जाग्री परिवारको यसपाली मधेसतिर घर बनाउने योजना थियो । यसपालिको हिउदमा अत्तरियामा घर लगाउने योजना भएकाले उनीहरुले रकम जम्मा गर्दै थिए । केहि दिन अघिमात्र पैसा असुली गरेर घरमा राखेका थिए । चोरी गर्ने मान्छे टाढाको नभई गाँउकै हुन सक्ने प्रहरीको भनाई छ । घरको बोरेमा सबै थाहा पाएको मानिसले मात्र यस्तो घटना गर्न सक्छन । नभए कस्को घरमा कुन ठाँउमा बाकस छ । पैसा कुन कुन ठाँउ बाट आयो भन्ने थाहा हुदैन । यस बारेमा सबै जानकारले मात्र चोरी गर्न सक्छन । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।