२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

कञ्चनपुर जिल्ला हाई अलर्टमा, वडा वडामा सुरक्षाकर्मी परिचालन

झलारी । सुरक्षा निकायले कञ्चनपुर जिल्लालाई हाई अलर्टमा राखेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका गतिविधिलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जिल्लामा सुरक्षा सतर्कता अपनाएका हुन् । विप्लव समूहले मंसिर ६, ७, ८ गते देशभर पार्टी पुनगर्ठन दिवस मनाउने घोषणा गरेपछि सरकारले देशैभरी सुरक्षा निकायलाई अलर्ट गराएको हो। कञ्चनपुरमा पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमर बहादुर थापाले जानकारी दिए।

विप्लव समूहले माग मसान्तसम्म पुनगर्ठन गरिसक्ने र फागुनमा देशव्यापी रुपमा सशस्त्र विद्रोहका कार्यक्रम गर्न रणनीति बनाएको छ । कञ्चनपुरमा नेपाल प्रहरीले प्रत्येक वडामा जनशक्ति परिचालन गरेको छ। अहिले वडा वडामा प्रहरी खटिएका छन्। डीएसपी थापाले प्रहरी निरीक्षकको कमाण्डमा लङ्ग रुट पट्रोलिङ सञ्चालन गरिएको बताए। ‘१३ जनाको समूहमा ५ वटा टोली खटिएको छ। सम्वेदनशील वडामा ३ जना अरुमा दुई जनाका दरले ३ सय भन्दा बढी जनशक्ति परिचालन भएको छ,’ उनले भने।

त्यसैगरी सुरक्षा सतर्कताका लागि सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। ३५ नम्बर गणका गणपति एसपी वीरेन्द्र बहादुर ऐरले इन्सपेक्टर र सईको नेतृत्वमा ३५ वटा टोली परिचालन गरिएको बताए। एक टोलीमा कम्तीमा १० जना सुरक्षाकर्मी छन् । त्यसैगरी सुरक्षा प्रबन्धका लागि सेनालाई पनि सक्रिय गराइएको छ। स्थानीयले चुरेमा सेना परिचालन भएको देखेको बताएका छन्। सुरक्षा स्रोतले चेक प्वाइन्ट थप्ने तथा कडाई गर्न भनिएको जानकारी दिएको छ। ‘सेनालाई पट्रोलिङ पनि गर्न भनिएको छ,’ स्रोतले भन्यो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।