२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

अफगानिस्तानमा रकेट हमला: ८ जना मारिए, ३१ घाइते

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जना मारिएका छन् । ३१ जना घाइते छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला भएको थियो । ग्रीन जोन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगका कार्यालय भएको क्षेत्र हो ।

शनिबार बिहान स्थानीय समय अनुसार ९ बजे उक्त आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन् । तारिकका अनुसार जहाँ २३ वठा रकेट हानिएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर छ ।

घटनापछि स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरुको भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ । यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ ।

सरकारले भने यस्ता प्रकृतिका आक्रमणमा तालिबान समूहलाई आरोप लगाउने गरेको छ । त्यसो त, यसअघि पनि दूतावास क्षेत्रमा पटक पटक रकेट आक्रमण भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।