२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

नेकपा फुट्दैन, फुटाउन दिइँदैन: भीम रावल

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टी नफुट्ने दावी गर्नुभएको छ ।

नेकपा भित्रको विवादलाई सिमित नेताहरुको समस्याको रुपमा मात्र नहेर्न आग्रह गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको बताउनु भएको छ ।

नेकपा वडा नम्बर १० घुघुरकोट महतागाउँमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उहाँले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताउनुभयो ।

पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने उहाँको भनाई रहेको छ ।

यस्तै नेपाली काँग्रेसका नेताले जनतामा नेकपा फुट्छ भनेर भ्रम छरेकोप्रति आश्चर्य प्रकट गर्नुभएको छ । उहाँले कम्युनिष्ट पार्टी फुटेमा राज गरुला भन्ने काँग्रेसका दिवा सपना मात्रै भएको धारणा व्यक्त गर्नुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।