२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

जाडो महिना : बालबालिकाको हेरचाह कसरी गर्ने ?

चिसो ह्वात्तै बढेको छ । देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताएको छ । कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै आत्तिएका छन् । कोरोनाको कहरमा जाडोमा अझ भयावह हुनसक्ने भनदै विज्ञले चेतावनी दिईरहेका कारण धेरै अभिभावकलाई बच्चाहरुको हेरचाह कसरी गर्ने, यो जाडो कसरी कटाउने भन्ने चिन्ता पनि सुरु भएको छ । किनकी जाडो मौसम यसैपनि बालबालिकाको लागि सबैभन्दा संवेदनशील समय हो ।

यो मौसममा बच्चाहरूमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या, निमोनिया, टन्सील, छाला फुट्ने जस्ता समस्याले सताउन सक्छ । त्यसकारण यस्ता समस्याबाट बचाउन चिकित्सकसँग कुराकानी गरी लोकपथले केहि टिप्स यहाँ प्रस्तुत गरेको छ ।

-जाडोको समयमा बाक्लो र धेरै लुगा लगाइदिनु हुँदैन । बाक्लो लुगा लगाउँदा शरीरबाट पसिना आउँछ र शरीरमा नै सुक्छ । यसकारण बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुनाले अभिभावकले यो कुरामा विचार पुर्याउनु पर्छ ।

-विहान र वेलुका अन्य समयमा भन्दा बढी चिसो हावा चल्ने भएकोले बालबालिकालाई घर बाहिर, चौरमा, चौतरामा, खेल्न वा हिँडडुलमा निस्कन नदिने।

-घाममा राख्दा समय समयमा पानी खुवाउने । तर जाडो महिनाभरी राम्ररी उमालेको मनतातो पानी प्रयोग गर्नुहोस् । साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउँदा उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

– साँझ बिहान खेलेर आएपछि उनीहरुको कपडा परिवर्तन गरिदिनुहोस् र हलुका मोस्चराईज गरिदिनुहोस् ।

-न्यानो कपडा लगाईदिने । तर बाक्लो कपडा प्रयोग नगरिदिनुहोस् ।

-मौसमी फलफुल खुवाउनुहोस् तर अत्याधिक चिसो हुने फलफूल नखुवाउनुहोस् । चिसो समयमा फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ ।

-हिटर बालेर लामो समयसम्म बच्चालाई सेकाउनु हुँदैन । सहज रुपमा हावा आवतजावत गर्ने कोठामा बस्ने, सुत्ने, खेल्ने वातावरण मिलाउनुहोस् ।

– झोलिलो खानेकुरा खुवाउनुहोस्

-नवजात शिशुको कपडा समय समयमा फेर्ने, डाईपर लामो समयसम्म एउटै प्रयोग गर्नुहुँदैन ।

-कहिलेकाहिँ रुघाखोकीले गर्दा बालबालिकाको नाक टालिने गर्छ । तर भिक्स, सन्चो वा अन्य चिज नलगाउनहोस् बरु नरम कपडा या कपासले सफा गरिदिनुहोस् ।

-बजारमा किनेको दूधमा अन्य अखाद्य कुरा पनि मिसिएको हुनसक्छ । अभिभावकले यो कुरा मनन गरी राम्ररी तताएर केहि बेर पाक्न दिएर मात्रै दुध आफ्ना बालबालिकालाई पिलाउनुहोस् ।
याद गर्नुहोस् नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ ।

-महिनाभन्दा माथिका बच्चालाई आमाको दूधका साथै तातो झोल पदार्थ खुवाउनुपर्छ ।

-जाडोको समयमा बालबालिकाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । ३ देखि ४ दिनको बिचमा मनतातो पानीले घाम लागेको ठाउँमा नुहाएर तौलियाले पुछेर न्यानो कपडा लगाईदिनुहोस् ।

यसका अलावा बालबालिकालाई स्वस्थ राखि आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।