२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

बिग बास लिगमा सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्ने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले १० औं संस्करणको बिग बास लिग (बीबीएल) होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । 

अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलका उनले यो सिजन नयाँ टिमबाट खेल्ने भएका हुन् । ​

होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । 

यसअघिका दुई सिजन खेलेका सन्दीपले बीबीएलका २० खेलमा २६ विकेट लिएका छन् ।  गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनको साथमा मेलबर्न फाइनल पुगेको थियो । ​

सन्दीपको अनुबन्धपछि होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले उनको आगमले टिमको बलिङ बलियो भएको बताएका छन् । 

यो सिजनको बीबीएल डिसेम्बर १० बाट सुरु हुँदैछ । सन्दीप अवद्ध टिम हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्टसँगै विदेशी खेलाडीमा इंग्ल्यान्डका डविड मालन र किमो पाउल छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।