काठमाडौँ । सुनको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।



आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
Views: 129

























