२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सौन्र्दयताले भरिएको गन्याप ताल

डडेल्धुराः गन्यापधुरा गाउँपालिका रहेको गन्याप ताल डोटीको शिखर नगरपालिका र जोरायल गाउपालिकाको सिमाना संग जोडिएको यो ताल क्षेत्र प्राकृतिक शौन्दर्यले मनमोहक रहेकोछ ।

सामुद्रीक सतहको १२ सय मिटर देखि २६ सय ७१ मिटरको उचाईमा रहेको भू–भाग ७७ प्रतिशत वनजङ्गलहरुमा ठूल्ठूला फाँटहरु रहेका छन । पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न हामि लागी परेका पालिका अध्यक्ष ईन्द्र बहादुर कार्किले खबरदारी न्युज लाई बताएका छन् । घना जंगल भएकाले बर्षेनी ढलापडा रुखहरु मात्रै व्यवस्थित रुपमा बिक्रि गर्न सके गाउपालिकाले लाखौ रुपैया आमदानि गर्न सकिने तथा पर्यटकका लागी ट्रेकिंग, होम स्टे, रिसोर्ट लगायतका सुबिधा गर्न सके स्थानियलाई रोजगारीको अवसर प्रदान गर्न सकिने उनको भनाई छ ।

धार्मिक सांस्कृतिक ऐतिहासिक महत्व बोकेको प्राकृतिक सौन्दर्यले भरिपुर्ण गन्यापधुरा देवस्थली र गन्याप ताल खप्तडको झल्को मेटाउछ । गन्याप ताल, लामीताल, बाटुली ताल गरी यस क्षेत्रमा रहेका ६ वटा पाटनको पहाडी क्षेत्रमा अहिले हरियाली संगै मनमोहक दृष्य र बुट्यान फुलहरुले सजिएको छ ।
समुद्रि सतह बाट दुई हजार मिटर बढी उचाईमा रहेको गन्यापताललाई पर्यटकिय क्षेत्रका रुपमा संरक्षण गरी सम्बद्र्धन गर्न स्थानिय निकाय गन्यापधुरा गाउपालिका जुटेको छ ।
झण्डै एक किलो मिटर भु–भागमा फैलिएको गन्याप ताल चारै तिर डाडाँकाडाले घेरिएको छ । त्यँहा बिभिन्न प्रकारका जडिबुटी समेत पाईन्छन । प्रशिद्ध धार्मिक पिठका रुपमा मानिने गन्याप मन्दिर देखि करिब पाँच किलोमिटरको दुरीमा रहेको गन्यापताल संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा भु–क्षय, बाढी पहिरोले ताल फाँटमा परिणत भएको स्थानिय बुढापाका बताउछन ।

ओसिलो स्थान ठाउ ठाउमा पानि जमेको तथा जमिनमा टेक्दा भासिने, थरथर हुने भएकाले भित्र पानि रहेको अनुमान गर्न सकिन्छ । त्यस क्षेत्रमा पाँच औले, गनानो, कुज्र्या, सतुवा, सेलपोडे, रातो च्याउ लगायतका जडीबुटी पाईने स्थानियको भनाई छ ।

जिल्ला अस्पताल बैतडीको अनुरोध ।
गन्यापधुरा गाउँपालिका द्धारा जनहितमा जारि सन्देश ।

पहिले पहिले गर्मी याममा भैँसी, गाई वस्तुलाई स्याहार्न बाजेहरु गन्यापताल आउथे तिन चार महिना पछि चिसो बढ्ने एवं गाउ तिर पनि गाईवस्तुलाई चरन हुने भएकाले पर्कने गर्थे, स्थानिय दुर्गा प्रशाद भट्टले भने, पहिलेको तुलनामा गर्मि बढ्दै गएको तथा ताल, जंगल, जंगली जनावरको संरक्षण हुन नसक्दा कस्तुरी लगायतका अन्य मृग लोप भए ।

अहिले पनि गन्याप ताल वरी परी गाईवस्तु बाँध्न एवं आफु बस्न बनाईएका घर गोठहरुको संरचना देख्न सकिन्छ । अहिले जंलमा भएका मृग लगायतका जटीबुटीको संरक्षण गरी अध्ययन अवलोकन तथा मनोरम मनमोहक प्राकृतिक दृष्यका तवरले गाउपालिकालाई आय स्रोत र पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

भाद्र शुक्लपक्ष पुर्णिमाका दिन प्रत्येक बर्ष पुजाआजाका साथ धुमधाम संग मनाईने लाटा गन्यापधुरा मेलाको औलौगिक धार्मिक आस्था अहिले पनि निसन्तानलाई सन्तान बर्दान हुने छ । सदरमुकाम बडाल बाट करिब दुई घण्टाको पैदल दुरीमा पुगिने गन्यापधुरा देवस्थलको मेलाका समय पुगी पुजाआजा गर्नाले यस संगै अन्य मनोकामना पुरा हुने स्थानिय हरिलाल भट्टले बताए ।
गन्यापधुरामा बली नचढ्ने भएकाले एक पवित्र धार्मिक स्थलका रुपमा चिनिन्छ, उनले भने, दुध धारी देवता हुन । गन्यापलाई शिवजीको रुपमा लिईन्छ । हामिलाई थाहा छ । सबैले सुनेका पनि छौ सारा सृष्टिको रचयिता भगवान शिव हुन भने उनको यस पवित्र देवभुमिमा पुगी पुजाआजा गर्नाले सबै दुःख कष्ट नास भएर जान्छन भने प्रशादका रुपमा चिताएको फल प्राप्त हुन्छ ।

तिन महिना बढी हिउ जम्ने ताल क्षेत्रकमा कुनै समय कस्तुरी पनि पाईने गरेको थियो । मौसम परिवर्तन संगै वन जंगल फडानी हुदै गए पछि अहिले भने लोप भएर गएको स्थानिय लोक बहादुर कार्कीले बताए । चोरी शिकारी रोक्न सकिएन उनले भने, यस तर्फ कसैको ध्यान नजादा भएका मृग थार, जण्ङ्यो, धोरड लगायतका अन्य जंगली जिवजन्तु पनि लोप हुने अवस्थामा छन । ५२ किलोग्राम तौल भएको जण्ङ्योको टाउको सहितको सिंङ जंगलमै अहिले सम्म रहेको भनिए पनि कसैले फेला पार्न नसकेको उनको भनाई छ ।

गन्न्यत ताल माथि दक्षिण तर्फ सबै भन्दा अग्लो पहाड २६ सय ७१ मिटरको उचाईमा दुर्विनडाँडाका नामले चिनिने ढुंगा सिमेन्टले निर्मित सिमा स्तभ जस्तो देखिने पिलर समेत रहेको छ । गन्यापधुरा गाउँपालिका ओझेलमा परेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसारमा जुटेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।