डडेल्धुराः डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ । शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली भन्ने स्थानमा नदीमा डुबेर शुक्रवार ज्यान गएको हो ।



उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए । शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए । उनी निकै मिजासिलो व्यवहारका थिए,उनको मृत्युले साथीभाई तथा आफन्त स्तब्ध भएका छन् ।
Views: 295

























