सम्माननिय प्रधानमन्त्री ज्यु मैले तपाईंको बारेमा थाेरै लेख्दा तपाईंका सर्मथकका गिद्धिहरु उमलेलान अनि साेच्लान म लाई जेल हाल्नु पर्छ भनेर भनलान , त्याे लाई ठिक पार्नु पर्छ भन्लान् !
? तपाईं झापाको एउटा गाउँ बाट प्रधानमन्त्रीकाे कुर्चिमा विराजमान हुदै भई रहदा तपाईं धेरै संघर्ष गर्नु भयाे धेरै दुख कष्ट , लामाे जेल नेल झेल्नु भाे र पाे अाज त्याे ठाउँमा हुनुहुन्छ । जब झापाको एउटा किसान काे किसान अान्दोलनकाे अग्रमाेर्चामा उभिदा र जनता अधिकारका निमित्त सवै जनताले साथ समर्थन जनाउदै अान्दोलनकाे अादिवेरि वाट तपाईं लाई लिडर वनाएका हुन , तपाईं संगै युवा अवस्था देखि तपाईंको जिवनका हरेक राम्रा र नराम्रा माेडका सहयात्री थिए झापा ग्रामिण गाउका डेकेन्द्र राजवंशी , तपाईंले जेलनेल काटदा तपाईं संगै १० वर्षको जेल विताएका उनले , जब तपाईं२०७२ सालमा देशको पहिलाे पटक प्रधानमन्त्री वन्नु भयाे अनि उहाँ लाई धेरै अाशा थियोे । संगै जेलनेल गएको साथि दुख कष्ट भाेगेकाे अब गरिव जनताका निमित्त केही गर्छन कि भनेर तर कमरेड के पि अाेलि ज्यु पार्टी र देशको निमित्त अाफ्नाे जिन्दगी समर्पित गरेका डेगेन्द्र राजवंशीले अन्त तहः पार्टी कार्यालय मै अात्म हत्या गर्न विविश भए ।



तत्कालीन ने क पा एमाले जस्ले उहाँको नाममा शालिक वनाउने अनि उहाको परिवारकाे लागि जग्गा खरिद गरेर घर वनाई दिने र उच्चित व्यवस्थापन गर्ने भनेर ने क पा एमालेका नेताहरुले लिखित रुपमा हस्ताक्षर गरेकाे माईनेटिङ्ग डिगेन्द्र राजवंशीकि श्रिमति प्रमिला राजवंशीले हातमा समाउदै अाखा वाट अाशु बगाउदै चाेक चाेकमा गएर छटपटाई रहेकि छिन अनि अाफ्नाे परिवारकाे बिचल्लिकाे ब्यथा सुनाउदै गुहार मागि रहेकि छिन् । हिजो एभन्युज टेलिभिजन बाट प्रशारण हुने कार्यक्रम निभेकाे चुलाे वाल्ले कार्यक्रमकाे टिमले उहाको परिवार काे घाउमा मलम स्वरुप खाद्यान्न उपलव्ध गराएको छ । तपाईं दाेस्राे पटक प्रधानमन्त्रीकाे कुर्सीमा विराजमान हुनु हुन्छ । ईतिहासकै शक्तिशालि प्रधानमन्त्री हुनुहुन्छ तर जनताले तपाईं वाट के अाश गर्ने म लाई साेध्ने मन लाग्याे । सालिक राम पुडा शैनिले अात्म हत्या गर्दा रवि लामिछाने लाई कार्यक्रम स्टुडियो बाट सिधै चितवनमा हिरासतमा लगिन्छ । तपाईका समकक्षी साथिले तपाईंको कारणा अात्म हत्या गर्नु भएको छ तपाईं लाई कानुन लाग्दैन ? धन्य हाम्रो सरकार एक पटक याे सरकारका पालामा भएका काण्डकाे वारेमा समीक्षा गर्दै जनता माझमा माफि माग्ने नैतिकता छ कि हजुर हरु संग ।
लेखक जगत ऐर (स्वविय सभापति डडेल्धुरा बहुमुखि क्याम्पस ,डडेल्धुरा )

























