डडेल्धुराः नेपाल भौगोलिक रुपमा निकै सुन्दर देशका रुपमा विश्वमा चिनिखै आएकोछ । नेपाललाई भौगोलिक रुपमा तीन भागमा विभाजित गरिएकोछ । जसमा हिमाल, पहाड र तराई रहेका छन् । जसमा नेपालका २० जिल्ला हिमाली भुभागमा रहेका छन् । हिमाली क्षेत्रका हिमालहरुले नेपाललाई विश्व सामु चिनाएकोछ । यस्तै पहाडि भुभागमा २९ जिल्लाहरु रहेका छन् बिषेशत पहाडि भुभागमा विभिन्न खानीहरुका साथै वनजंगल प्रस्तत रहेकोछ । यस्तै तराई भुभागमा १८ जिल्लाहरु रहेका छन् , नेपालको तराई भुभागलाई अन्नको भण्डार भनेर पनि चिनिन्छ । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१।२८ वर्ग किलोमिटर रहेको छ ।
नेपाल संघियतामा गए सँगैं गाउँगाउँमा सिंहदरवार को नाराले सार्थकता भने पाउनु सकेको छैन् । स्थानीय सरकारले केहि सेवासुविधाहरु आम नागरिमा दिएता पनि नागरिकलाई आवश्यक सेवासुविधाहरु भने खासै दिन सकेको छैन् । स.घियता आए पश्चात हरेक गाउँगाउँमा सडकहरु पुगेका छन् तर त्यी सडकहरु दिगो रुपमा बारै महिना भने चल्नु सकेका छैननन् । यस्तै स्वास्थ्य सुविधा विस्तार गर्नुका लागि बनाईएका १ सय सैयाका अस्पताहरु पनि बिना डक्टर भौतिक संरचनाहरुमा सिमित रहेका छन् । यस्तै हालत शिक्षा क्षेत्रमा पनि रहेकोछ । पछिल्लो समयमा केहि विद्यालयहरु विद्यार्थी संख्या नहुदा मर्ज भएका छन भने केहि हुने प्रकिृयामा रहेका छन् । यस्तै खानेपानीका योजनाहरु निमार्ण भए तर दिगो रुपमा त्यी योजनाहरु पनि स्थानीय सरकारले चालु गर्न सकेको छैन्।
पछिल्लो समयमा यी आधारभुत आवश्यकताहरु पुरा गर्नुकै लागि युवाहरु विदेशीने क्रम बढदो रुपमा रहेकोछ । छोरा मान्छे बिदेश जाने यता स्वदेशमा श्र्रमतीले बालबालिकाहरु पढाउनुकै लागि सके जिल्ला सदरमुकाम वा तराईका कैलाली कञ्चनुपर जाने चलन नै बनिसकेको छ ।
पछिल्लो समयमा गाउँघरका विद्यालयहरुमा गुणस्तरिय शिक्षा नहुदा बार्षिक सयौं जनसंख्याले एक पालिका बाट बसाईसराई गर्ने गरेका छन् । उता अन्नको भण्डारका रपमा रहेको कैलाली कञ्चनपुरमा पहाडि जिल्लाको जनसंैख्या बसाईसराई गरि तराईमा थुप्रिने गरेको छ जसका कारण अन्नको भण्डार रहेका तराईका जिल्लाको जनघनत्व बढदो क्रममा रहेकोछ , जसको असर अन्न उत्पादनमा समेत देखा पर्दछ ।
१० बर्ष अगाडि मात्रको कुरा गर्दा डडेल्धुराका विभिन्न भेगमा तरकारि, कोदो, मकै, गहुँ, धान, तोरि, मसला उत्पादन निकै राम्रो हुने देखिन्थ्यो तर पछिल्ला बर्षमा भने यो क्रम घटेर काएकोछ । मानिसहरुले तराई बसाई सारेपछि गाउँघरका जमिनहरु बाझा परेका छन् । सडक, खानेपानी पुगे पनि सिचाई र प्रविधिको ज्ञान नहुदा मानिहरुले पहाडमा खेती नै गर्न छाडेका छन् । उसो त पहाडका मानिसहरु रोजगारिका लागि नजिकको छिमेकी मुलुक भारतमा सात आठ महिना बस्ने त्यहिं रोजगारि बाट कमाएको पैसाले छोराछोरि लाई शिक्षा दिने र घर खर्च चलाउने गरेका छन् ।
गाउँ फर्क अभियानः
गाउँ फर्क राष्ट्रिय अभियान पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो। गाउँबाट अध्ययन र रोजगारीका लागि शहर पसेका नेपालीहरूलाई गाउँ फर्काउनका लागि यो अभियान ल्याइएको थियो। पछि पञ्चायत राजनीति गर्नका लागि यो एक अनिवार्य व्यवस्थामा रूपान्तरण भयो। ![]()
तारईको अनियन्त्रित बसाईसराई लाई रोक्नुका लागि सरकारले गाउँ फर्क अभियान चाल्नु पर्ने देखिन्छ । पछिल्लो समयमा रहेको बढदो बसाईसराई दर रोक्नुका लागि यो अभियानको निकै खाचौ रहेकोछ । सरकारले विकासका पुर्वाधरहरुलाई दिगो रुपमा निमार्ण गरि प्रभावकारि बनाउनु सकेमा यो अभियानले निकै सार्थकता पाउनेछ ।
गाउँ गाउँमा सिचाईको सुविधा बढाउने हो भने पहाडि जिल्लाहरुमा तरकारि र फलफूलमा आत्मा निर्भर बन्नु सक्छ । यस्तै गुणस्तरिय शिक्षा दिनु सक्ने हो भने गाउँका विद्यार्थीहरु गाउँकै विद्यालयमा पढने वातावरण बन्नेछ । स्वास्थ्यको गुणस्तर, प्रभावकारि बनाउने हो भने यसले पनि बसाईसराईलाई कम गर्नेछ । किसानहरुको मनोवल कायम गर्नुका लागि स्थानीय स्तरमा हाटबजारको व्यवस्था , उतकृष्ट किसानलाई सम्मान कार्यक्रम ल्याउनु जरुरि रहन्छ । यस्तै शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउनुका लागि उतकृष्ट शिक्षक लाई सम्मान कार्यक्रम पालिका संग विद्यार्थीका कार्यक्रमहरु ल्याउने हो भने विद्यार्थीहरु पलायन कम गर्नु सकिन्छ ।
अब,
सरकारले सोच्ने बेला मात्रै हैन काम गर्ने बेला पनि आएकोछ । हरेक क्षेत्रको विकास लाई प्रभावकारि बनाउनु स्थानीय सरकारको दायित्व हो ।




























