२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको बेरुजु सुदूरपश्चिममा सबैभन्दा कम

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा गन्यापधुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु आएको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गन्यापधुराको बेरुजु ०.२० प्रतिशत छ । गाउँपालिकाको १९ लाख ३३ हजार बेरुजु रकम रहेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी प्रतिशतका आधारमा दार्चुलाको शैल्यशिखर नगरपालिका र रकमका आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा बेरुजु आएको छ । यस्तै डडेल्धुरामा भने सबैभन्दा बढी नवदुर्गा गाउँपालिकामा २ करोड ७० लाख २८ हजार अर्थात २.७१ प्रतिशत बेरुजु आएको छ ।

आलिताल गाउँपालिका एक करोड ९७ लाख ६९ हजार अर्थात २.१३ प्रतिशत, भागेश्वर गाउँपालिका एक करोड ९३ लाख ४३ हजार अर्थात २.०८ प्रतिशत, अजयमेरु गाउँपालिका एक करोड ७६ लाख ९३ हजार अर्थात १.६२ प्रतिशत, अमरगढी नगरपालिका एक करोड ११ लाख २२ हजार अर्थात ०.७१ प्रतिशत र परशुराम नगरपालिका एक करोड ११ लाख अर्थात ०.७५ प्रतिशत बेरुजु आएको छ ।

गन्यापधुरा गाउँपालिकाकाे बेरुजु सबैभन्दा कम । कञ्चनपुर र दार्चुलाका स्थानीय तहमा बेरुजु बढि । (youtube.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।