२०८३ कार्तिक ६ बिहीबार
२०८३ कार्तिक ६ बिहीबार

बझाङ उपनिर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

बझाङः बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का दमन भण्डारी, नेपाली काँग्रेसका अभिषेकबहादुर सिंह, माओवादी केन्द्रका जनक बुढा, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, जनमत पार्टीका सुशीला विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर र राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापालाई छुट्टाछुट्टै निर्वाचन चिह्न प्रदान गरिएको छ।

आगामी वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ। बझाङमा विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न पनि आयोगले आग्रह गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।